शीर्षकहरू

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

काठमाडौं । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उाीहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिए । 

सांसद बेदुराम भुसालले दशैं, तिहार जस्ता पर्वहरुमा मूल्य वृद्धि  नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए । “चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्छ,” उनले भने । 

सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा  सहमति कायम गर्नुपर्नेमा जोड दिए । 

यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपन माग गरे ।