शीर्षकहरू

१०औँ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्सपो सुरु [फोटोफिचर]

१०औँ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्सपो सुरु [फोटोफिचर]

काठमाडौं । १०औँ​ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४' एक्सपो आजदेखि सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डममा एक्सपो सुरु भएको हो ।

३  दिनसम्म चल्ने एक्सपोमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गर्दै हस्पिटालिटी आयोजना गरिएको आयोजकले जनाएको छ । एक्सपोमा ५ हजार ब्रान्ड र ३ सय कम्पनीको सहभागिता रहने र २ हजार ५ सय वर्ग मिटरभन्दा बढीका २ सयवटा स्टल रहेको आयोजकको भनाइ छ ।

मेलाको अवलोकन ३० हजारभन्दा बढीले गर्ने, जसमध्ये आधाभन्दा बढी व्यवसायिक अवलोकनकर्ता हुने अपेक्षा आयोजकको छ । एक्स्पो होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना–पसल, बेकरी तथा स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधक तथा उत्पादक र तिनका प्रबन्धकहरू, क्याटरर र सेफहरू, बार टेन्डरहरू तथा बारिस्टाहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ सुरु गरिएको हो ।