शीर्षकहरू

सोमबारदेखि काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल हुने

सोमबारदेखि काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल हुने

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोजसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ । यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न सक्नेछन् ।  

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस०७ खरिद गर्न सक्नुहुनेछ । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन् । उनीहरुले थप एक्सचेन्ज बोनस पाउनुहुनेछ जसले उहाँहरुको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ । 

एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनुहुनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् । ग्राहकले गाडीको भ्यालुएसन र बुकिंगमा गिफ्ट पाउनेछन् ।   

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ । यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । 

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो । दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन ।