शीर्षकहरू

हाथवे इन्भेष्टमेन्ट नेपालले गर्‍यो १० प्रतिशत लाभांश प्रस्ताव

हाथवे इन्भेष्टमेन्ट नेपालले गर्‍यो १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ  । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

बोनस शेयर कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष पनि शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस वर्षको प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात् मात्र वितरण गर्ने जानकारी कम्पनीले दिएको छ ।