शीर्षकहरू

३ मन्त्री र एक राज्यमन्त्री लिएर कांग्रेस संस्थापन पक्ष कोशी सरकारमा सहभागी, शेखर समूह गएन

३ मन्त्री र एक राज्यमन्त्री लिएर कांग्रेस संस्थापन पक्ष कोशी सरकारमा सहभागी, शेखर समूह गएन

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । संस्थापन इतर शेखर कोइराला समूहलाई छाडेर संस्थापन पक्ष मात्रै कोशी प्रदेश सरकारमा सहभागी भएको हो ।

कांग्रेसले गत साउन १२ गते नै सरकारमा जाने निर्णय गरे पनि इतर पक्षको मागअनुसार सहमति हुन नसक्दा सरकारमा सहभागी हुन ढिलाइ भएको हो । शेखर समूहले कोशीमा २ वटा पूर्ण मन्त्रालय मागेको छ । तर संस्थापन पक्षले एक राज्यमन्त्री र एक मन्त्री दिने भएपछि भागबण्डा मिलेको छैन । भागबण्डा निमलेपछि शेखर समूह तत्काल सरकारमा सहभागी नभएको हो । 

संस्थापन पक्षबाट भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहागी भएको हो । कांग्रेसबाट राईले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । यस्तै खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

मन्त्रिपरिषद् विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।