शीर्षकहरू

टी–२० विश्वकप क्रिकेटको उपाधि भारत जित्यो

टी–२० विश्वकप क्रिकेटको उपाधि भारत जित्यो

काठमाडौं । १७  वर्षपछि भारतले टी–२० विश्वकप हात पारेको छ  । दक्षिण अफ्रिकासँग सात विकेटलाई पराजित गर्दै भारतले २०२४ को टी–२० विश्वकप विजेता बनेको हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । 

फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

 कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो ।

तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो । रन आउट हुन अघि पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए । दक्षिण अफ्रिकाले १६९ रन ८ विकेट गुमाएर बनाएको थियो ।