शीर्षकहरू

पानामा पेपर्स मुद्दामा २८  प्रतिवादीलाई सफाई

पानामा पेपर्स मुद्दामा २८  प्रतिवादीलाई सफाई

पानामा सिटी । पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) आरोप लागेका २८ जनालाई शुक्रबार सफाइ दिएको छ ।

सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन फोन्सेका पनि रहेका छन् । रेमनको मे महिनामा पानामाको एक अस्पतालमा मृत्यु भइसकेको छ । गत अप्रिलमा पानामा सिटीमा भएको सुनुवाइका क्रममा अभियोजन पक्षले दुवैलाई १२ वर्षको जेल सजाय माग गरेको थियो ।

तर न्यायाधीश बालोइसा माक्र्विनेजले कानुनी ल फर्मको सर्भरबाट लिइएको प्रमाण प्रक्रियाअनुसार सङ्कलन नगरिएको पाइएपछि उक्त जोडी र अन्य २६ जनालाई सफाइ दिएका छन । ‘बाँकी प्रमाणहरू प्रतिवादीहरूको आपराधिक जिम्मेवारी निर्धारण गर्न पर्याप्त र निर्णायक नभएको’ फैसला न्यायाधीशबाट भएको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सन् २०१६ मा मोसाक फोन्सेकाबाट चुहावट भएका कागजातहरूले विश्वका कति धनाढ्यहरूले अफशोर कम्पनीहरूमा सम्पत्ति लुकाएका थिए भन्ने खुलासा गरेको थियो । बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरून, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फुटबल स्टार लियोनल मेस्सी, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याँक्री र स्पेनी फिल्म निर्माता पेड्रो अल्मोडोभरलगायतलाई पनि मुद्दा चलाइएको थियो ।

पनामाका अभियोजकहरूले मोसाक र फोन्सेकाले अपारदर्शी कम्पनीहरू सिर्जना गर्न मद्दत गरेको आरोप लगाएका थिए । कम्पनीमा जर्मन बहुराष्ट्रिय सिमेन्सका अधिकारीहरूले कम्पनीको आधिकारिक खाताभन्दा बाहिर लाखौं यूरो जम्मा गरेका थिए ।

उनीहरूमाथि अर्जेन्टिनामा भएको ठूलो ठगीबाट पैसा झिक्न सहयोग गरेको आरोप पनि लगाइएको थियो। मोसाक र अन्य प्रतिवादीका वकिल गुइलेर्मिना म्याकडोनाल्डले एएफपीसँग भने, “न्याय भएको छ, हामी न्यायाधीशको फैसलाबाट अत्यन्त सन्तुष्ट छौं।” उनले भने, “तर, हामी अलि दुःखी छौं सुनुवाईका क्रममा हामीले रेमन फोन्सेकालाई गुमाएका छौँ र उहाँले यो नतिजा देख्न सकेनन । यसप्रति हामी दुःखी छौँ ।”

‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स ९आईसीआईजे०’ ले सन् २०१६ को अप्रिल ३ मा ‘पानामा पेपर्स’ प्रकाशन सुरु गरेको आठ वर्षपछि यो मुद्दाको सुनुवाइ सुरु भएको हो । मोसेक फोन्सेकाबाट एक करोड १५ लाख भएका कागजातमा आधारित यो अनुसन्धानले विश्वभरका व्यक्तित्वहरूले कर छल्न वा सम्पत्ति शुद्धीकरण गर्न सम्पत्ति, कम्पनी, सम्पत्ति र मुनाफा कसरी लुकाएको छन् भन्ने खुलासा गरेको छ । अनुसन्धानअनुसार, यसका लागि उनीहरूले केही अवस्थामा अवैध गतिविधिहरूबाट आएको  फर्ममार्फत् कम्पनीहरू सिर्जना गरेकोे, बैंक खाता खोलेको र पैसा लुकाउन धेरै देशहरूमा उप शाखा (फाउन्डेसन) हरू सिर्जना गरेको देखिएको छ ।

यस काण्डले मोसाक फोन्सेकालाई बन्द गरायो र पानामाको अन्तर्राष्ट्रिय छविलाई अपतटीय कर छलिका रूपमा व्याख्या गरिएको थियो । अपतटीय कम्पनीहरू आँफैमा अवैध छैनन्, र तिनीहरूलाई प्रयोग गर्नका लागि धेरै वैध कारणहरू छन् । तर तिनीहरूलाई आपराधिक गतिविधिबाट प्राप्त आयलाई शुद्धीकरण गर्न वा दुरुपयोग वा राजनीतिक रूपमा असुविधाजनक सम्पत्ति लुकाउन पनि प्रयोग गर्न सकिन्छ । “वास्तवमा त्यहाँ ठूलो अन्याय भएको छ,” मोसाकले सुनवाई को समापन पछि भने । “मेरो साथी र मसँग काम गर्ने सबै व्यक्ति गम्भीर, इमानदार र सही थिए्,” उनले अगाडि भने ।