शीर्षकहरू

जडीबुटी जन्य उत्पादनहरुको गुणस्तर र संयुक्त लोगो प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

जडीबुटी जन्य उत्पादनहरुको गुणस्तर र संयुक्त लोगो प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । जडीबुटी तथा जडीबुटी जन्य उत्पादनहरुको गुणस्तरको मापदण्ड र नेपाल हर्बल कलेक्टिभ मार्क सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । युएस एड, नेपाल हर्बलस एण्ड हर्बल उत्पादन संघ, जडीबुटी एसोसिएसन अफ नेपाल र हर्बल इन्टरप्रिनियर्स एसोसिएसन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम देशभरीका जडीबुटी उत्पादनसँग सम्बन्धीत व्यवसायीहरुको सहभागीता रहेको थियो । काठमाडौंमा विहीबार र शुक्रबार आयोजना गरिएको गोष्ठीमा नेपाल सरकारका सचिव शोभाकान्त बस्यात, युएस एडका सुदिपकुमार कार्की र मिनलकुमार जोशीको  सहभागीता रहेको थियो भने डी.एल श्रीवास्तवले युज अफ कलेक्टिभ मार्क फर नेपाली हर्बस एण्ड हर्बल प्रडक्ट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

उक्त कार्यक्रममा नेपालमा उत्पादन हुने जडीबुटी जन्य उत्पादनहरुलाई साझा ट्रेड मार्क लगाएर निर्यात गर्न सकिएको खण्डमा नेपाली उत्पादनले ठूलो स्थान पाउने विचार राखिएका थिए । कार्यक्रममा बोल्दै नेपाल हर्बल नेपाल हर्बलस एण्ड हर्बल उत्पादन संघका पूर्वअध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपालको जडीबुटी जन्य उत्पादनलाई कलेक्टिभ ट्रेड मार्क उपलब्ध गराउनलाई नेपाल सरकारले केहि कानुन समेत संशोधन गर्न लागेको बताए ।

 उनले भने, नेपाल हर्बसले विदेशमा मान्यता पायो तर नेपालको सरकारको निर्देशिकाले भने यसलाई चिनेन । सरकारी निकाय के भन्छ भने तीन वटा संस्था होइन एउटा भएर प्रस्ताव लिएर आउनुहोस भन्छ । हामी भन्छौं यो त कलेक्टिभ ट्रेडमार्कस हो तीन जना वा धेरै भएपनि हुन्छ भनेका छौं । यसमा कानुनी अड्चन छ भनेर सरकारी निकाय पन्छिएको छ । 

यसमा तीन वाटै सस्थाको सहमति नेपाल हर्बलस एण्ड हर्बल उत्पादन संघलाई ट्रेडमार्कसको अधिकार दिइसकेको छ । तर, सरकारी निकायबाट यसलाई सहजीकरण गर्न सकिएको छैन उनले भने । नेपाल हर्बस नामको ट्रेडमार्क विदेशमा दर्ता भएर हर्बलका उत्पादन विदेशमा विक्रिवितरण भइसेको अबस्थामा पनि नेपालको उद्योग विभागले भने नेपाल हर्बस नामको साझा ट्रेडमार्क दर्ता नगर्न नमानेको नेपाल हर्बलस एण्ड हर्बल उत्पादन संघकी अध्यक्ष सरस्वती राईले बताइन । उनले भनिन, ‘नेपाल हर्बस नामको ट्रेडमार्क युरोपियन युनियन, अमेरिका, बेलायत जस्ता देशमा दर्ता भएर उत्पादन नै विक्रि वितरण गर्न थालिसकेको अबस्थामा नेपाल हर्बस नामको समूहिक लोगो नेपालले भने दर्ता गर्न मानेको छैनन ।’
 
यो नेपाल हर्बस नामको सामूहिक लोगो कतार, ओमन र युएइमा दर्ता हुने क्रममा रहेको उनले जानकारी दिइन ।  यता ट्रेड प्रमोसना सेन्टरले भने विदेशमा सामुहिक  ट्रेडमार्क दर्ताका लागि बजेट नै दिएर पठाउने गरेको छ सरकारी अर्को निकाले भने कानुनी रुपमा सामूहिक लोगो दर्ता गर्न नमिल्ने तर्क दिइरहेको उनको गुनासो रहेको छ ।

उद्योग विभागमा ट्रेडमार्क सम्बन्धी निर्देशिका संशोधनका लागि विभाग तयार भएको उनले बताइन । उनले भनिन,‘ ट्रेडमार्क सम्बन्धी निर्देशिकाको केहि बुँदाहरुले संयुक्त लोगो प्रयोगमा समस्या भएकाले विभागले यसलाई संशोधन गर्न तत्परता देखाएको छ । विभागले चाडै नै संयुक्त लोगो प्रयोग सम्बन्धी निर्देशिका संशोधन गरेर नेपाल हर्बसले नेपालमा पनि मान्यता पाउनेमा हामी विस्वस्त छौं ।’

नेपालबाट हर्बल धुप विदेशमा निर्यात गर्दै आएको हिमालयन हर्बल इन्सेन्सका प्रबन्ध निर्देशक जीपी अधिकारीले पनि नेपालबाट निर्यात हुने हर्बसको गुणस्तरमा एकरुपता ल्याउनका लागि संयुक्त ट्रेडमार्क आवश्यक पर्ने बताए । उनले भने, ‘नेपालबाट विदेशमा आयुर्वेदका उतपादनहरु पठाउदा गुणस्तरमा कसैले पनि प्रश्न उठाउन नसक्ने बनाउनका लागि एउटै ट्रेडमार्क भएमा हामी पनि ढुक्कसँग विदेशमा हाम्रा उत्पादन पठाउन सक्छौं ।’ हिमालयन हर्बल इन्सेन्सबाट उत्पादन हुने हर्बलका धुपहरु जापान, चीन, क्यानडा, स्वीजरल्याण्ड, अमेरिका लगायतका देशमा निर्यात हुने गरेको प्रबन्ध निर्देशक अधिकारी बताउछन् ।