शीर्षकहरू

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा पक्राउ

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपूर्वमा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका छन् । थापा गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । 

भुटानी शरणार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

उक्त प्रकणमा  तत्कालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।