शीर्षकहरू

जोगीको भेषमा काठमाडौंमै चोरी, दुई जना पक्राउ

जोगीको भेषमा काठमाडौंमै चोरी, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा जोगीको भेषमा चोरी गर्ने आपराधिक संगठन सक्रिय भएको भेटिएको छ । बिहीबार मैतीदेवीस्थित सेतोपुलनजिकै डेरा गरी बस्ने सिन्धुली कमलामाईकी उर्मिला श्रेष्ठलाई लुटपाट गर्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको हरियाणा कर्नाल स्थायी घर भई हाल बौद्ध बस्ने २६ वर्षीय देवु दया र सोही वतन भएकी ४० वर्षीया जेलिनालाई बिहीबार साँझ नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तहरुले जोगीको भेषमा ९५ हजार रुपैयाँ बराबरका १० आना सुनका दुई रिङ चोरी गरेको खुलेको प्रहरीले बताएको छ ।