शीर्षकहरू

असोज १ गतेदेखि सशक्त आन्दोलनमा होमिने प्रधानमन्त्रीलाई बाबुरामको चेतावनी

असोज १ गतेदेखि सशक्त आन्दोलनमा होमिने प्रधानमन्त्रीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बुढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको काम यथाशीघ्र अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले यस्तो चेतावनी दिएका हुन् । उनले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण गठन गर्न, अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अगाडि बढाउन र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई यथाशिघ्र सम्बोधन गर्न माग गरेका छन् ।

यी भाग भदौ महिनाभित्रै पूरा गर्न अल्टिमेटम उनले दिएका छन् । अन्यथा, आयोजनाको प्रमुख पहलकर्ता हुनुको नाताले, उक्त आयोजनाका सबै सरोकारवालाहरूका साथ आगामी असोज गतेबाट सशक्त आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् ।