शीर्षकहरू

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज चयन

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज चयन

काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् ।

कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ ।  

यसअघि कम्पनीका अध्यक्ष सुवर्ण पौडेलले राजीनामा दिएपछि संस्थाको अध्यक्ष पद रिक्त रहेको थियो । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको थियो ।  

पौडेलले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।