शीर्षकहरू

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले असार २४ गते देखि एकीकृत कारोबार शुरु गर्ने

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले असार २४ गते देखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनाकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गरे पश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन । 

गत चैत २९ गते सम्पन्न यी दुबै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो ।  असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुबै कम्पनीले आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताइएको छ ।