शीर्षकहरू

मदन भण्डारी र बीपीको नाममा करोडौँको कार्यक्रम गर्ने प्रस्ताव नमान्दा नगरसभा बैठक स्थगित : बालेन

मदन भण्डारी र बीपीको नाममा करोडौँको कार्यक्रम गर्ने प्रस्ताव नमान्दा नगरसभा बैठक स्थगित : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज बस्ने नगरसभाको बैठक स्थगित भएको छ । सामाजिक सञ्जालमा नगरसभाको बैठक स्थगित भएको जानकारी गराउनेगरी महानगर प्रमुख बालेन शाहले नेताहरुका नाममा करोडौँको कार्यक्रम गर्न नेकपा एमाले र नेपाली कांग्रेसले राखेको प्रस्ताव अस्वीकार गर्दा नगरसभा बैठक स्थगित भएको बताएका छन् ।

प्रमुख शाहका अनुसार बैठकमा कांग्रेस र एमालेले बीपी कोइराला र मदन भण्डारीका नाममा करोडौँको कार्यक्रम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अस्वीकार गरी आफूले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गर्न प्रस्ताव गरेको उनले बताएका छन् ।

त्यसपछि अन्य दलका प्रतिनिधिले नगरसभा बैठक रोकेर गएको आरोप उनले लगाएका छन् ।

उनले भनेका छन्, 'सायद कांग्रेस, एमालेलाई नेपालको क्रान्तिमा उहाँहरु(चार शहीद)भन्दा धेरै कांग्रेस, एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।'