शीर्षकहरू

तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १०० कायम भएको छ । महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा एक हजार रुपैयाँले मूल्य बढेको हो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।