शीर्षकहरू

काठमाडौं महानगरले कक्षा ११ मा पढ्न यसपटक पनि छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं महानगरले कक्षा ११ मा पढ्न यसपटक पनि छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई पास विद्यार्थीका यसपटक पनि कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने भएको छ । नतिजा प्रकाशनको भोलिपल्ट शुक्रबार सूचना जारी गर्दै महानगरले छात्रवृत्तिका लागि अनलाइन आवेदन फारम भर्न आह्वान गरेको छ ।

छात्रवृत्तिका लागि असार १५ गते बिहान १० बजेदेखि असार २९ गते राति १०:५९ बजेसम्म जुनसुकै समयमा आवेदन दिन सकिनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइट तथा entrance.kathmandu.gov.np मार्फत् आवेदन दिन सकिने महानगरले जनाएको छ ।

आवेदन दिएका विद्यार्थीलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइनेछ । परीक्षामा माध्यामिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा प्रश्न सोधिनेछ ।

परीक्षा साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । महानगरले छात्रवृत्ति कोटा र परीक्षा केन्द्रबारे भने पछि जानकारी गराउने बताएको छ ।

छात्रवृत्तिको नतिजा प्रकाशनपश्चात् मात्रै कलेज भर्ना हुन अनुरोध गर्दै महानगरले नतिजा प्रकाशनअघि भर्ना भएमा छात्रवृत्तिका लागि सहजीकरण गर्न नसक्ने पनि जानकारी गराएको छ ।