शीर्षकहरू

श्रेष्ठ सिटिजन्स क्यापिटलको अध्यक्ष नियुक्त

श्रेष्ठ सिटिजन्स क्यापिटलको अध्यक्ष नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलबाट मनोनीत भई संस्थाको अध्यक्ष रहेका पारसकुमार काफ्ले निधनपछि रिक्त अध्यक्ष पदमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भउका छन् ।

बिहीबार बसेको स‌ंस्थाको १२५ औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गरेको हो ।

साथै, उक्त बैठकले रिक्त रहन आएको सञ्चालक १ पदका लागि सिटिजन्स बैंकबाट मनोनीत भई आएका नारायण राज अधिकारीलाई सञ्चालक पदमा नियुक्ति गरेको छ ।