शीर्षकहरू

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गयो

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गयो

काठमाडौं । गएराती साढे १ बजे ४.२ म्याग्निच्युडको सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । २०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।