शीर्षकहरू

आजको विदेशी मुद्राको विनियमदर : पाउण्ड स्टर्लिङको दर कम भयो

आजको विदेशी मुद्राको विनियमदर : पाउण्ड स्टर्लिङको दर कम भयो

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४३ रूपैयाँ २२ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ५४ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । बुधबार पाउण्ड स्टर्लिंग एकको खरिददर १६९ रुपैयाँ ०० पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८ रूपैयाँ ३४ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २३ पैसा र बिक्रीदर २८ रूपैयाँ ३६ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४३६ रूपैयाँ ३९ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०४ पैसा तोकिएको छ ।