शीर्षकहरू

विद्युत नियमन आयोगको नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई निजी क्षेत्रको बधाई

विद्युत नियमन आयोगको नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई निजी क्षेत्रको बधाई

काठमाडौँ । नेपाल सरकारको मन्त्रि परिषदको निर्णयबाट विद्युत नियमन आयोगको नव  नियुक्त अध्यक्ष पदमा डा. राम प्रसाद धिताल र सदस्य डा. मधुसुदन अधिकारीलाई नविकरणीय उर्जा प्रवद्र्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिले बधाई दिएका छन । 

उक्त अवसरमा नेपाल नविकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले विद्यमान परिप्रेक्ष्यमा आयोगले जलविद्युत बाहेकका उर्जा प्रविधिहरका लागि पनि संवोधन गर्नुपर्ने र विद्युत उर्जा उत्पादन तर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित र सुरक्षित हुने वातावरण निर्माण गर्न आयोगलाई सुझाव दिए ।

सोही अवसरमा नव नियुक्त अध्यक्ष धितालले आयोगले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि गर्नसकिने र सहभागिता हुने कामका लागि सहकार्यका लागि आयोग सकारात्मक हुने विचार व्यक्त गरे । यसैगरी विद्युत उर्जा अन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरुको उपयोगका लागि उपयुक्त वातावरणका लागि पहल गर्ने जानकारी दिए ।

यसै गरी सदस्यहरु डा. मधुसुदन अधिकारी, झमक प्रसाद शर्मा र गौतम डंगोलले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्नसकिने विचार व्यक्त गरे । निजी क्षेत्रका तर्फबाट उद्यमीहरु नबिन भुजेल, राम बहादुर भण्डारी, नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद पराजुली, नेपाल सौर्य तापीय संघका अध्यक्ष केशव राज खनाल, नेपाल बायोग्यास प्रवद्र्धन संघका अध्यक्ष उपेन्द्र रिमाल, किरण गौतम, इन्द्र खनाल, उत्तम सिटौला, सञ्जीव पोखरेलले पनि विभिन्न उर्जा प्रविधिका उपादेयताका लागि पहल गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।   

नेपाल नविकरणीय उर्जा परिसंघको अग्रसरता आयोजित उक्त भेटघाट कार्यक्रममा निजी क्षेत्रका लघु जलविद्युत, सौर्य विद्युत, सौर्य तापीय, बायोग्यासका छाता संगठनका अध्यक्षहरु, पूर्व अध्यक्षहरु, पदाधिकारीहरुका साथै बायोमास उर्जा उद्यमी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।