शीर्षकहरू

मधेशमा ३ प्रतिशत मात्रै रोपाइँ, सुदूरपश्चिममा २५ प्रतिशत

मधेशमा ३ प्रतिशत मात्रै रोपाइँ, सुदूरपश्चिममा २५ प्रतिशत

काठमाडौं । असार दोस्रो सातासम्म देशभर धान रोपाइँयोग्य जमिनमध्ये ९.८ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार ७ गतेसम्म १३ लाख ९८ हजार ८३६ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

यो अघिल्लो वर्षको यही अवधिको तुलनामा केही बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म ८.७५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

विभागका अनुसार सबैभन्दा बढी सुदूरपश्चिममा २५ प्रतिशत रोपाइँ सकिएको छ । त्यसपछि कर्णालीमा २३.९ प्रतिशत रोपाइँ भएकोमा त्यसपछि बागमतीमा १८.३ प्रतिशत रोपाइँ भएको छ ।

अन्य प्रदेशमा १० प्रतिशतभन्दा कम रोपाइँ भएकोमा मधेशमा भने २.९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।