शीर्षकहरू

आज पनि घट्यो नेप्से, लगानीकर्तामा देखिएन उत्साह

आज पनि घट्यो नेप्से, लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेको छ । आज ८.२४ अंकले घटेर नेप्से परिसूचक दुई हजार  ५१.९२ अंकमा खुम्चिएको छ ।

साताको पहिलो कारोबार दिन घटेर त्यसपछिका दुई दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको थियो ।

यस्तै आज पनि नेप्सेसँगै कारोबार रकममा समेत ह्रास आएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा त्यसयता निरन्तर घट्दै गएको कारोबार आज ३ अर्ब ७१ करोड ५९ लाखमा सीमित भयो ।

आज १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक घटेको छ ।   बैंकिङ्ग, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने वृद्धि भएको छ ।