शीर्षकहरू

काम गर्दैनन् एसईईको नतिजा देखाउने साइट, सरकारीसहित निजी वेबसाइट पनि डाउन

काम गर्दैनन् एसईईको नतिजा देखाउने साइट, सरकारीसहित निजी वेबसाइट पनि डाउन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहानै माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षाफल सार्वजनिक गरिसकेको छ ।

नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । जसमा १८६ जनाले ४ जीपीए ल्याएको जानकारी बोर्डले दिएको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । 

उक्त तथ्या‌ंक सार्वजनिक भएता पनि विद्यार्थी र अभिभावकले भने अझै रिजल्ट हेर्न पाएका छैनन् । बिहान ९ बजे नै रिजल्ट सार्वजनिक भए पनि ४ घण्टा बितिसक्दा पनि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, एसएमएसलगायत कुनै पनि विकल्पबाट विद्यार्थीले रिजल्ट हेर्न पाएका छैनन् ।

सरकारी वेसाइटहरु राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र  राष्ट्रिय परीक्षा बोर्ड साइट डाउन छन् । तीसँगै स्प्यारो मेसेजसहित अन्य निजी साइटहरुले पनि काम गरेका छैनन् ।