शीर्षकहरू

जीएसी आयोन वाई एसयूभी सार्वजनिक

जीएसी आयोन वाई एसयूभी सार्वजनिक

काठमाडौं । चीनको पाँचौँ ठूलो विद्युतीय अटोमोबाइल कम्पनी जीएसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आयोन सिरिजको वाई एसयूभी नेपालमा सार्वजनिक भएको छ ।

जीएसी उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त रहेको कम्पनीको दाबी छ । उक्त कम्पनीको वाई एसयूभी सार्वजनिक गर्दै सीजीले नेपाली बजारमा आफ्नो उपस्थित विस्तार गरेको हो ।

एसयूभी सार्वजनिक गर्दै कम्पनीले जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर र्‍याङ्कमा नम्बर वान मानिएको बताउँदै यूएईमा 'उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड' र नाइजेरियामा 'अटोमोबाइल  इन्टरप्राइज अफ द एअर' जस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेको बताएको छ । 

अब, जीएसी मोटर्सले आयोन वाईमार्फत् नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी, ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखी मन जित्ने कम्पनीले बताएको छ ।