शीर्षकहरू

यस वर्षको राष्ट्रिय धान दिवस चितवनमा मनाइने, प्रधानमन्त्री जाने

यस वर्षको राष्ट्रिय धान दिवस चितवनमा मनाइने, प्रधानमन्त्री जाने

काठमाडौं । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ चितवनमा मनाइने भएको छ । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' नाराका साथ असार १५ गते महोत्सव मनाउने निर्णय गरिएको कृषि विभाग, मूल समारोह समितिले जनाएको छ ।

धान उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्न नेपालमा २०६१ देखि दिवस मनाइँदै आएको छ ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा असार १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सांसदको प्रमुख आतिथ्यतामा आईआरआई र बीआरआरआईका प्रतिनिधिको सहभागितामा सरोकारवालाहरुबी धान विशेष अन्तरक्रिया कार्यक्रम हुनेछ ।

असार १५ चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने कार्यक्रम रहेको मूल समारोह समितिले जनाएको छ ।