शीर्षकहरू

भारतमा नयाँ दूरसञ्चार ऐन लागू, सिम कार्ड दूरुपयोग गरे ५० हजारदेखि २ लाखसम्म जरिवाना

भारतमा नयाँ दूरसञ्चार ऐन लागू, सिम कार्ड दूरुपयोग गरे ५० हजारदेखि २ लाखसम्म जरिवाना

एजेन्सी । भारतमा नयाँ ‘दूरसञ्चार ऐन २०२३’ लागू भएको छ । अब भारतका कुनै पनि नागरिकले आफ्नो जीवनकालमा ९ भन्दा बढी सिमकार्ड लिन पाउने छैनन् । गलत माध्यमबाट सिम प्राप्त गरेमा ३ वर्ष जेल र ५० लाखसम्म जरिवाना हुनेछ ।  

उही समयमा, जम्मू कश्मीर र उत्तर-पूर्वी राज्यका मानिसहरूले अधिकतम ६ सिम कार्ड लिन सक्नेछन्। यसभन्दा बढी सिम खरिद गरेमा पहिलो पटक ५० हजार र त्यसपछि प्रत्येक पटक २ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

एक आईडीमा कतिवटा सिम सक्रिय छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण छ। नाममा कति सिम र कुन नम्बर एक्टिभ छन् घरमै बसीबसी २ मिनेटमै थाहा पाउन सकिने व्यवस्था छ । नयाँ कानूनले राष्ट्रिय सुरक्षाको कारणले कुनै पनि दूरसञ्चार सेवा वा नेटवर्क र व्यवस्थापनलाई सरकारले कब्जा वा निलम्बन गर्न अनुमति दिएको छ। युद्धजस्तो अवस्थामा आवश्यक परेमा सरकारले टेलिकम नेटवर्कमा म्यासेज इन्टरसेप्ट गर्न सक्नेछ ।