शीर्षकहरू

आजका लागि विदेशी विनिमयदर : जापानीज यान निरन्तर ओरालो  लाग्दै

आजका लागि विदेशी विनिमयदर : जापानीज यान निरन्तर ओरालो  लाग्दै

 काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०२ पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा थियो ।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रूपैयाँ १५ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ०० पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८ रूपैयाँ ३६ पैसा रहेको छ । बुधबार जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रूपैयाँ ३९ पैसा रहेको थियो ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३१ पैसा र बिक्रीदर २८ रूपैयाँ ४४ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रूपैयाँ ८३ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५१ पैसा तोकिएको छ ।