शीर्षकहरू

के छन् सीजीले ल्याएको जीएसी आयोन वाईका विशेषताहरू ? [भिडिओ]

काठमाडौं । गत महिना नेपाली अटोमोबाइल उद्योगमा एउटा थप विद्युतीय कार थपियो-जीएसी आयोन वाई । चिनियाँ सरकारी स्वामित्वको अटोमोबाइल निर्माता कम्पनी जीएसीले उत्पादन गरेको उक्त कार नेपालमा चौधरी ग्रुप (सीजी) ले बिक्री वितरण गरिरहेको छ ।

५४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको उक्त कार कस्तो छ? के-के विशेषता छन्? आउनुहोस् चर्चा गरौँ ।

विशेषताहरू
सुरुमा हामी कारको फ्रन्ट प्रोफाइलको बारेमा चर्चा गरौँ । फ्रन्ट प्रोफाइलमा गाडीको अग्रभागमा हामी जीएसीको ब्याच देख्न सक्दछौँ । जीएसी चिनियाँ सरकारी स्वामित्वको अटोमोबाइल निर्माता कम्पनी हो । यो चीनको तेस्रो ठूलो कम्पनी पनि हो । 

यो एक एआई अन कार हो । हेडलाइटको कुरा गर्दा यसमा एन्जलस वइङ हेडलाइट राखिएको छ, जुन पूर्ण एलइडी अटोमेटिक हेडलाइट हो । यसमा लाईट सँगै डीआरएल पनि उपलब्ध छ । यसले राति अँध्यारोको बेला एकदमै राम्रो रोड प्रिजेन्स दिनसक्छ ।

साइडप्रोफाइलको कुरा गर्दा कारमा  पेन्डेबल डोर छ । जुन अनलक हुँदा बाहिर निस्किने र लक गर्दा बेल्म भएर भित्र जाने हुन्छ । यसैगरी गाडीमा ८३ एमएमको ग्राउन्ड रेन्ज छ । सँगै टर्निङ एन्डिकेटर भने एवआरबिएम नै रहेको छ ।

कारको इन्टेरियरको कुरा गर्दा ड्राइभिङ सिट इलेक्ट्रिक एडजेस्टेबल पाउनुहुनेछ भने को-ड्राइभिङ चाँहि म्यानुलेस्जिटेवल छ । स्टेरिङको कुरा गर्दा माउथ कन्ट्रोलिङसहितको पावर स्टेरिङको सुविधा यसमा छ । मेनस्क्रिन १४.६ इन्चको र स्क्रिन चाँहि १० इन्च यसमा उपलब्ध छ । टच इम्पोटेन्टअन्तर्गत यसमा स्टेरिङको मुड पनि उपलब्ध छ, लाइटवेट, कम्फर्टेबल र स्पोर्टस मुड । सनरुफदेखि ढोकालगायतको कन्ट्रोल स्क्रिनबाटै गर्न सकिने रहेको छ । टचस्किनमा ३० बढी कलर सुविधा छन् ।

स्टेरिङ एड्जेस्टेबल हुनुका साथै मल्टिमिडिया कन्ट्रोल पनि स्टेरिङमा उपलब्ध छ । 

यसमा चारवटा ड्राईभिङ मोड छन्– ईको, नर्मल, स्पोर्टस् र आइप्याड मोड । लिथियम आयन ब्याट्री यसमा छ । जीएसीले आफैँ उत्पादन गरेको यो एक म्यागेजिन ब्याट्री हो, जुन निकै सुरक्षित ब्याट्री हो । सार्वजनिक भएयता हालसम्म एउटा पनि घटना आगो लागेको ‍छैन । एकपटक चीनले बुलेट टेस्टिङ गर्दा पनि आगो लागेको थिएन र कुनै पनि सेल्समा थोरै डामेज भएपनि अरु सेल्समा ट्रान्सफर भएको देखिन्न ।

सँगै यसमा इनर्जी रिकभरि स्टेज पनि उपलब्ध छ । यसमा थ्रि सिक्टी क्यामेरा पनि छ । जो टूडी र थ्रीडी दुवै विकल्पमा उपलब्ध छ ।

८ घण्टामा पूर्ण चार्ज हुन्छ भने डीसीमा एक घण्टाभन्दा कम समयमै । पावर विन्डो पनि चारवटै वन टच विकल्पमा रहेको छ र चारवटै भ्यालमा एन्टिपिन छ । चालक र सहचालक सिट सतप्रतिश फोल्डेबर छ । उपयुक्त स्पेससहित अगाडिको सिट निर्माण गरिएको छ, जुन कम्फर्टेबल पनि छ ।

जीएसी एवोन-वाईको लम्बाई ४ हजार ५३५ एमएम, चौडाई एक हजार ८७० एमएम र उचाई एक हजार ६५० एमएम छ । यसमा दुई हजार ७५० एमएम लामो ह्विलवेस दिइएको छ ।

१०० किलोवाट पिकपावर क्षमताको इलेक्ट्रिक मोटर र पीकटर्क २२५ एनएम रहेको छ ।

रिभ्यु : सपना मण्डल