शीर्षकहरू

‘बुलेट सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक

‘बुलेट सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टीभी फरर अफर सार्वजनिक भएको छ। यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकहरुले इन्टरनेट टिभीको सेल पे वाल्लेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिल्ड कलासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन् ।

त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टिभी ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र ३३०० जसमा WiFi 6 राउटरसहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै २४ घण्टा ७ दिन नै सेवा दिदै आएको छ । डिजिटल प्रविधिको उपयोगसंगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई इन्टरनेट टिभीको भुक्तानी सेल पेमार्फत नै गर्न कम्पनीको आग्रह छ।