शीर्षकहरू

बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद निष्काशन अनुमति

बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद निष्काशन अनुमति

काठमाडौं । १५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्वीकृतिका लागि पेश गरेको बुद्धभूमि हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मात्र स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिँदा विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको अवस्थामा कम्पनीलाई आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो । 

वैशाख २० गते कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्न अनुमति माग गरेका थियो । आयोगको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर मात्र आगामी वार्षिक साधारण सभामा प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको हो । 

आयोगले कम्पनीले प्रस्ताव गरेकोभन्दा ५० प्रतिशत कम हकप्रद निष्कासनका लागि अनुमति प्रदान गरेको हो । हाल यस कम्पनीको चुक्तापँजी ४० करोड रूपैयाँ छ । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम हुनेछ । 

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब १९ करोड रूपैयाँ रहेको छ ।