शीर्षकहरू

शेयर बजारमा उच्च अंकको वृद्धि

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से ४५.६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा बन्द भएको हो ।                                                                                            

नेप्सेमा आज ५ अर्ब २५ करोड १० लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटाको बढेको छ भने ४० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था रहेका छन् ।       

सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ करोड ८० लाख बराबरको कारोबार भएको छ ।