शीर्षकहरू

यी हुन् वाणिज्य बैंक हाँकिरहेका ‘लेडी बैंकर्स’

यी हुन् वाणिज्य बैंक हाँकिरहेका ‘लेडी बैंकर्स’

काठमाडौं । मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै नेपालमा राज्य संचालनको उच्च तहमा महिलाहरूको उपस्थिति बढेको छ। नेपालको राष्ट्रपतिदेखि सभामुख, प्रधानन्यायधीससम्मको जिम्मेवारी महिलाहरूले निर्वाह गरिसकेका छन् ।  

अर्थतन्त्रको महत्त्वपूर्ण अंग मानिने बैंकिङ क्षेत्रमा पनि महिलाहरूको सहभागिता उल्लेख्य बनेको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरदेखि निजी बैंकका प्रमुख कार्यकारी अधिकृतसम्म महिलाले नेतृत्व सम्हालेका छन्।  

निजी क्षेत्रको वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नेतृत्व समेत एक महिलाले सम्हालिन् । उनी हुन्, तत्कालीन मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली । उनी तीन दशकभन्दा बढी समय बैंकमा काम गरेको अनुभव सहित मेगा बैंकबाट २०७८ साल चैत २५ गते बाहिरिएकी थिइन् । 

कार्यकारी प्रमुखका रुपमा मात्र होइन दुईवटा बैंकको त सञ्चालक समिति नै महिलाको नेतृत्वमा छ । नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा महिला नै सञ्चालक समितिको अध्यक्ष छन् । एसबिआइको अध्यक्षमा जयन्ती बन्सल छिन् भने स्ट्यान्डर्डको अध्यक्षमा जरिन जरुवाल छिन् ।     

त्यसो त मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जरमा गएपछि हाल सञ्चालनमा रहेको इन्भेष्टमेन्ट मेगा बैंकमा पनि उल्लेख्य संख्यामा महिलाहरु कार्यरत छन् । सो बैंकको डेपुटी जनरल म्यानेजरमा सुजता जोशी, प्रज्ञा पाण्डे, असिस्टेन्ट जनरल म्यानेजरमा जेनु थापा, निकिता मास्के र सृजना पाण्डे रहेका छन् ।   

अर्को नेपाल बैंकको डेपुटी सिईओको नेतृत्व सम्हालिरहेकी छिन्, समता पन्तले । बैंकका तत्कालीन सिईओ कृष्ण अधिकारीको कार्यकाल सकिएपछि पन्तले कायममुकायम सिइओको जिम्मेवारी समेत सम्हालेकी थिइन् । अहिले भने उनी डेपुटीकारुपमा कार्यरत छिन् । उनीसँग पनि बैंकिङ क्षेत्रमा काम गरेको दुई दशक भन्दा बढीको अनुभव छ । 

पन्तसँगै नेपाल बैंकमा योजना तथा बजेट विभाग प्रमुखमा प्रतिभा डंगोल, ऋण असुली विभाग प्रमुखमा प्रतिमा श्रेष्ठ, अनुपालन विभाग प्रमुखमा निलुजा श्रेष्ठ,  गण्डकी प्रदेश प्रमुखमा सचिता पराजुली र सुदुरपश्चिम  प्रदेशमा उमा नकर्मी रहेका छन् ।    

राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सिईओको नेतृत्व पनि महिलाले नै सम्हालेकी छिन् । उक्त पदमा सरस्वती अधिकारीले नेतृत्व गरिरहेकी छिन् । डेढ वर्षदेखि उनी उक्त जिम्मेवारीमा छिन् । अधिकारीसँगै सो बैंकमा डेपुटी एक्जुकेटिभ अफिसरमा दुर्गा कुमारी कँडेल पनि उच्च पदीय जिम्मेवारीमा रहेकी छिन् ।  

प्रभु बैंकको चिफ बिजनेस अफिसरमा रश्मि पन्त छिन् । बैंकिङ क्षेत्रमा प्रवेश गरेको आधा दशकमै उनी व्यवस्थापन तहमा पुगेकी हुन् । उनी सन् २०१५ मा प्रभु बैंकको बिजनेस प्लानिङ अफिसरमा नियुक्त भएकी थिइन् । उनी सन् २०२० मा बैंकको प्रमुख अपरेटिङ अफिसरमा बढुवा भएकी हुन् ।  

त्यस्तै,नबिल बैंकको अनुपाल तथा शासन प्रवर्तन विभाग प्रमुखमा अञ्जली श्रेष्ठ, ट्रेजरी फ्रन्ट हेडमा भिनिशा श्रेष्ठ, सरकारी बैंकिङ शाखा अनुगमन प्रमुखमा लक्ष्मी लामिछाने ढकाल, रेमिट्यान्स बिजनेस युनिट हेडमा मनीषा श्रेष्ठ, सीसीयु ब्राण्डिङ इन्चार्जमा रोशनी चन्द र सिएसआर प्रमुखमा प्रेमुका राई छिन् । यसरी हेर्दा नबिलमा पनि ठूलो संख्यामा महिलाहरू व्यवस्थापकीय जिम्मेवारीमा छन् ।  

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुखमा शान्ता सिवाकोटी छिन् । प्रमुख मानव संसाधन अधिकारीमा अनामिका सिंह, रेमिट्यान्स बिजनेस प्रमुखमा स्वेच्छा शाह राणा, रणनीति र कर्पोरेट सुशासन प्रमुखमा सारा प्रधान रहेकी छिन् ।

लक्ष्मी सनराइज बैंकको चिफ बिजनेस अफिसरमा आरती राज्यलक्ष्मी राणा रहेकी छिन् । ऊनीसँगै यस बैंकको एएमएल सिएफटी विभाग प्रमुखमा अनिता उपाध्याय, अनुपाल विभाग प्रमुखमा विनीता जैन, ट्रेड फाइनान्स अपरेसन विभाग प्रमुखमा चान्दनी झा छन् । त्यसैगरी,  ब्रान्च अपरेसन सपोर्ट विभाग प्रमुख कञ्चन जोशी, इन्टरनल अडिट विभाग प्रमुखमा ममता पराजुली, प्रोपर्टी बैंकिङ विभाग प्रमुखमा पूजा शाह र पुल्चोक क्लस्टर हेडमा सबिना बास्कोटा रहेकी छिन् ।   

सिद्धार्थ बैंकको चिफ इन्टीग्रेटेड रिक्स डिपार्टमेन्ट प्रमुखको रुपमा शैलजा ज्ञवाली रहेकी छिन् भने हिमालयन बैंकको उच्च पदमा पनि दुई जना महिला कर्मचारी रहेका छन् । सो बैंकको वरिष्ठ प्रबन्धकमा शिशम प्रधानाङ्ग जोशी र भवानी घिमिरे कार्यरत छन् । कृषि विकास बैंकको अनुपालन विभाग प्रमुखमा रुकमिनी भट्ट, मार्केटिङ एण्ड सेल्स डिपार्ट प्रमुखमा बिना शर्मा कार्यरत रहेका छन् भने एभरेष्ट बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखमा जमुना ताम्राकार, क्रेडिट विभाग प्रमुखमा विष्णु ज्ञवाली रहेकी छिन्।

यसैगरि, माछापुच्छ्रे बैंकको क्रेडिट सपोर्ट एण्ड मोनिटरिङ युनिट चिफमा इन्दिरा थापा, अपरेसन मोनिटरिङ युनिटको डेपुटी चिफमा प्रतिमा पाण्डे, इन्टेग्रेटेड रिस्कको डेपुटी चिफमा रिचा पाण्डे कार्यरत छन् । त्यसैगरी, ट्रेजरी फ्रन्ट हेडमा रेश्मा शाक्य, प्रोजेक्ट म्यानेजमेन्ट अपरेसन हेडमा बिनिता ताम्राकार, ब्रान्च कोअर्डिनेशन प्रमुखमा पूजा गोंगल, सेन्ट्रल अपरेसन डिपार्टमेन्टको डेपुटी हेडमा सुबिना श्रेष्ठ, एजुकेसन हबको डेपुटी हेडमा सुधा शर्मा र रिटेल डिपोजिट एण्ड प्रोपर्टी बैंकिङ डेपुटी हेडमा रक्षा शाही रहेका छन् । 

सिटिजन्स बैंकको विभिन्न विभाग प्रमुखमा ६ जना महिलाहरू कार्यरत रहेका छन् । यस बैंकको मानव संसाधन प्रमुखमा मनीषा कर्ण, सम्पत्ति शुद्धीकरण विभागमा आकांक्षा बस्नेत, रिसर्च एन्ड डेभलपमेन्टमा भावना ओझा, कल सेन्टर प्रमुखमा रचना खतिवडाले जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, डिम्याट र आस्वा विभाग प्रमुखमा रोजिना तिवारी र कर्पोरेट सञ्चार विभाग प्रमुखमा स्मारिका तिवारी कार्यरत छन् ।  

सानिमा बैंकमा निक्षेप व्यवस्थापन प्रमुखमा रमिला श्रेष्ठ, अपरेसन कन्ट्री हेडमा सबिना श्रेष्ठ, ट्रेड फाइनान्स प्रमुखमा अन्जु रेग्मी, आन्तरिक लेखा परीक्षण विभागको उपप्रमुखमा सबिता ढकाल, डिजिटल बैंकिङ अपरेसन इन्चार्जमा सीमा थोकर छन् । जनरल सर्भिस विभाग प्रमुखमा अम्बिका खतिवडा, पेमेन्ट हेडमा सितु श्रेष्ठ, फाइनान्स एण्ड  प्लानिङको डेपुटी हेडमा प्रभा आचार्य, एसिस्टेन्ट चिफ रिक्स अफिसरमा रमा खड्का कार्यरत छन् ।

एनएमबी बैंकको ट्रेड फाइनान्स प्रमुखमा पुष्पा अर्याल, सूचना सुरक्षा प्रमुखमा दिपा श्रेष्ठ, ब्रान्ड एन्ड मार्केटिङमा प्रनिशा श्रेष्ठ कार्यरत छन् । यता, कुमारी बैंकको सुदूरपश्चिम प्रदेश प्रमुखमा संगिता शर्मा रहेकी छिन्र । यस बैंककाे मानव संसाधन प्रमुखमा जुली श्रेष्ठ, लर्निङ एण्ड डेभलपमेन्ट प्रमुखमा पुष्पा श्रेष्ठ, सुशासन तथा प्रवर्तन प्रमुखमा रेणु कोइराला, सेवा निवृत्ति कोष एकाइ प्रमुखमा बिम्बिका नेपाल मिश्र, उच्च नेटवर्थ प्रमुखमा प्रीति शाह, सेवा उत्कृष्टता प्रमुखमा अन्जना मिश्र र केन्द्रीकृत क्रेडिट सञ्चालन प्रमुखमा रिमा थापा छन् ।