शीर्षकहरू

काठमाडौंमा ‘सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ हुँदै

काठमाडौंमा ‘सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गतेदेखि सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेको छ । देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । 

नेपाल सरकार, उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नविल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

स्टार्टअपहरूलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अङ्गको रुपमा स्थापित गराउन उनीहरूलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरूबिच गहन छलफल गरिनेछ । स्टार्टअप प्रवर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिहरूका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बडी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ युवा उद्यमी म लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । 

प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरूले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन् । पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायवल भेन्चर, लोटो होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता मण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन् ।