शीर्षकहरू

काठमाडौंमा थप दुई किलो सुन बरामद, केरुङ नाकाबाट ल्याएर नागढुंगा कटाउने प्रयास !

काठमाडौंमा थप दुई किलो सुन बरामद, केरुङ नाकाबाट ल्याएर नागढुंगा कटाउने प्रयास !

काठमाडौं । त्रिभुवन विमानस्थलमा १४ किलो सुन समातिएको २४ घण्टा नबित्दै काठमाडौंमा फेरि २ किलो सुन बरामद भएको छ । चीन-नेपाल केरुङ नाका हुँदै ल्याएर नागढुंगा कटाउन खोजिएको सुन प्रहरीले बरामद गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले रसुवा नाकाबाट काठमाडौं हुँदै नागढुंगा नाका कटाउन खोजिएको सुन बरामद गरिएको जानकारी दिए । सुनसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । 

गए राति त्रिभुवन दुबईबाट ल्याइएको १४ किलो तस्करीको सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएको थियो । सुनका भरिया चन्द्र घले र सुन मगाएका भनिएका मीन घलेको स्थायी ठेगाना प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र र गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखा-२ हो ।


सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको रेकर्ड, स्रोतको दाबी : विमानस्थलमा माओवादी कर्मचारीको सेट