शीर्षकहरू

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता २२० रूपैयाँ अंकित मूल्यमा मङ्सिर २२ गतेदेखि २८ गतेसम्म यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकेको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री गर्न लागेको हो । 

यी शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।