शीर्षकहरू

शेयर बजारमा दोहोरो अंकको सुधार, दुई अर्ब ७९ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको सुधार, दुई अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ११.७३ अंकले बढेर एक हजार ८ सय ५२ दशमलब ७७ विन्दुमा बन्द भएको हो ।                  

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १७५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।          

त्यस्तै, ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इनस्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस बैंकको ८ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।