शीर्षकहरू

गभर्नरको स्पष्टीकरण ‘अर्थमन्त्री र गभर्नरबीच कुनै मनमुटाब छैन’

गभर्नरको स्पष्टीकरण ‘अर्थमन्त्री र गभर्नरबीच कुनै मनमुटाब छैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री प्रकाश शरण महत र आफूबिच कुनै मनमुटाब नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

कार्यक्रममा बोल्दै उनले भने, ‘अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धबारे चर्चा हुने गरेको छ । म स्पष्ट पार्न चाहन्छु की हामीबिच कुनै मनमुटाब छैन । विवाद भएको छैन, हामीबिच कुनै समस्या छैन । साथै उनले गलत प्रचार नगर्न समेत आग्रह गरे ।’    

त्यस्तै, उनले अर्थतन्त्रको बारेमा विभिन्न चर्चा हुने गरेको बताए । उनले भने, ‘कतिपयले अर्थतन्त्र ठूलो समस्यामा गयो भनेर धारणा राखिरहेका छन् भने कतिपयले त्यति धेरै समस्या छैन पनि भनिरहेका छन् । नकारात्मक विषयलाई अगाडि ल्याउने चलन समाजमा व्याप्त छ । हाम्रो समाज नकारात्मक कुराहरूलाई बाहिर ल्याउने बढी ध्यान दिने गरिएको छ । आफूले काम नगर्ने अरूले गरेको कामको व्यापक टिप्पणी गर्ने चलन बढेको छ ।’  

सहकार्य र समन्वयले आन्तरिक उत्पादनलाई बढाउनु पर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा दिनु पर्ने बताउँदै उनले भने, ‘अर्थतन्त्र संरचनात्मकरूपमा समस्यामा छ । हामी सबैलाई थाहा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । हामी धेरैभन्दा धेरै रेमिट्यान्समा निर्भर हुन थालेका छौँ । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भइरहेको छ । तर, पर्याप्त छैन । अब सबैको पर्छ ।’    

उनले बैंकिङ प्रणाली सुरक्षित र साउण्ड रहेको बताए । बैंकिङ क्षेत्रको स्थायित्व जरुरी र त्यसमा लागि काम गरिरहेका उनको भनाई छ । ‘पछिल्लो समय खराब कर्जा र कर्जाको गुणस्तरमा पनि समस्या देखिरहेको छ । यो कारण भनेको केही कसिलो नीति लिएर पनि हो । त्यो, स्वाभाविक हो, यस्तो अवस्थामा केही कडाइ पनि गर्नु पर्छ । अहिले नेट एनपीए डेढ प्रतिशतभन्दा माथि पुगेको छैन’, उनले भने ।