शीर्षकहरू

एनएमबि फिफ्टीको प्रति इकाई खुद मूल्य कात्तिकमा घट्यो

एनएमबि फिफ्टीको प्रति इकाई खुद मूल्य कात्तिकमा घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको कात्तिक मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य ९ रूपैयाा ९४ पैसा रहेको छ । असोज मसान्तसम्म १० रूपैयाँ ४ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य कात्तिकमा भने घटेको हो । 

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । यो योजना २०८३ साल भदौ १२ गते परिपक्क हुनेछ । कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार योजना ११ करोड ३० लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

असोज मसान्तसम्म योजनाको खुद नोक्सानी रकम १० करोड ४ लाख रूपैयाँभन्दा बढी मात्र थियो । असोजको तुलनामा कात्तिकमा योजनाको खुद नोक्सानी बढेको हो । योजनाको प्राप्त हुन बाँकी आम्दानीहरू प्राप्त भइनसकेकाले खुद नोक्सानी बढेको देखिन्छ । असोज मसान्तसम्म ९ करोड ३४ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी ऋणात्मक देखिएकोमा कात्तिक मसान्तसम्म यो रकम १० करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको हो ।

कात्तिक मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब २३ करोड ५६ लाख रूपैयाँभन्दा बढी रहेको छ । यो लगानीको बजारमूल्य भने १ अर्ब ९ करोड ७१ लाख रूपैयाँभन्दा बढी मात्र रहेको छ । योजनाले बैक मुद्दती निक्षेमा ११ करोड रूपैयाँ लगानी गरेको छ ।