शीर्षकहरू

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा लोहनी

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा लोहनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ । तनहुँको साविक चोकचिसापानी गाविस स्थायी घर भएका लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा। लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । गएको माघ २४ गते डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

डा लोहनी नेपालमा स्वास्थ्य बीमा सुरु हुँदा कार्यकारी निर्देशक थिए । उनकै पहलमा २०७२ साल चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । र,  त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो ।

बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा महोत्तरी स्थायी घर भएका सुबोधकुमार शर्मालाई मनोनयन गरेको छ भने सांस्कृतिक संस्थान (नाचघर)को सञ्चालक समितिको अध्यक्षमा भोजपुरको हतुवागढी गाउँपालिका दुई स्थायी घर भएका चन्द्रकुमार राईलाई नियुक्त गरेको छ ।