शीर्षकहरू

मेटलाइफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर

मेटलाइफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर

काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने भएको हो ।  

यस अभियान अन्तर्गत मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरुमा लागू हुने बिलम्ब शुल्कको १०० प्रतिशत छुट दिनेछ । हालै प्रचलनमा ल्याईएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख धारकहरुका लागि यो अभियान लागु हुने छैन ।

मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्ने बताए ।