शीर्षकहरू

सूर्यज्योति लाइफ इन्स्योरेन्स यसरी बन्दैछ मजबुद

सूर्यज्योति लाइफ इन्स्योरेन्स यसरी बन्दैछ मजबुद

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा नै नयाँ र कम प्रिमियम भएको बीमालेख सार्वजनिक गरेको छ । वार्षिक ४० देखि ४५ रुपैयाँ (६ लाख रुपैयाँ) प्रिमियम बुझाएपछि २५ लाख रुपैयाँसम्म पाइने र ७० वर्षको उमेर भएपछि बुझाएको प्रिमियम समेत फिर्ता पाइने यस खालको बीमालेख नेपालमा नै नयाँ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले बताएका छन् । सूर्यालाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स २०७९ पुषमा मर्ज भएपछि बीमा कम्पनीले नयाँ पोलिसी सार्वजनिक गरेको हो ।

यो सहित अब सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग १६ वटा बीमा पोलिसी भएका छन् भने मर्जरपछि सूर्याज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पगेको छ । सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड र ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ थियो । 

बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कम्पनीलाई पाँच अर्ब रुपैयाँ चुक्तापुँजी तोकेको छ । तर, सूर्यज्योतिको चुक्तापुँजी हाल ४ अर्ब ५४ करोड मात्र रहेको छ । कम्पनीका सीईओ खत्रीले शुक्रबार नयाँ बीमा पोलिसी सही प्लान सार्वजनिक कार्यक्रममा समयमा नै चुक्तपुँजी पुर्‍याउने घोषणा समेत गरेका छन् । 

त्यस्तै, कम्पनीले ३ अर्ब ४ करोड लगानी गरेको छ भने २ हजार ९ सय ५० लाइफ फण्ड रहेको छ । त्यस्तै, कर्मचारी संख्या ५८० जना र २२ लाख बीमा लेख धारकहरू रहेका छन् । कम्पनीको नेट वर्थ ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

बीमा मानिसको जीवनका वित्तीय साथी भएकाले कम्पनीले बीमितहरूले गरेको दावी समेत समयमा नै भुक्तानी गर्ने गरेको कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई बताउँछन् । उनले भने, कम्पनीमा ग्राहकको भरोसालाई अझ बलियो बनाउनका लागि कम्पनीको दावीभुक्तानी प्रणाली भरपर्दो र छिटो छरितो बनाएका छौं । कम्पनीले हालसम्म १७ करोड ६० लाख दावीभुक्तानी समेत गरिसकेको छ । 

दुई कम्पनी मर्जपछि कम्पनीका विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको समेत कार्यक्षमता वृद्धि भएको कम्पनीका अध्यक्ष भट्टराई बताउँछन् । कम्पनीका हाल देशैभरी एक सय ७६ वटा शाखा कार्यालय रहेका छन् । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड २१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।