शीर्षकहरू

विवादमा तानिएका सेनाका उपरथी पाण्डेले राजीनामा दिए

विवादमा तानिएका सेनाका उपरथी पाण्डेले राजीनामा दिए

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको जनाइएको सेतले बताएको छ।

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरको विषयमा प्रश्न उठेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको थियो। पटकपटक विवादमा देखिइरहने पाण्डेलाई भावी प्रधानसेनापति हुने गरी बढुवा गरिन लागिएको थियो। उनी यसअघि पनि एक कार्यक्रमबीच कुटनीतिक मर्यादाबाहिरको कार्य गरेको भन्दै विवादित बनेका थिए।

जन्ममिति विवादमा तानिएका नेपाली सेनाले वरिष्ठ उपरथी ताराध्वज पाण्डेको विषयमा छानबिन शुरु भएको छ । खख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत रक्षा मन्त्रालयमा पत्र गएपछि रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको विषयमा छानविन शुरु भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको सेनाको स्रोतले बताएको छ । 

सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो ।  पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो ।

 उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका छन् ।