शीर्षकहरू

पहिलो त्रैमासमा विजय लघुवित्तको खुद नाफा १२६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा विजय लघुवित्तको खुद नाफा १२६ प्रतिशत बढ्यो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२६ प्रतिशत वृद्धि भएको छ । 

गत आवमा कम्पनीले रू. ६५ लाख ९७ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ४९ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढेकाले नाफा बढ्न टेवा पुगेको हो । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ८६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख रहेको छ । कम्पनीले जगेडामा रू.२६ करोड १० लाख र रिटेन्ड अर्निङमा रू. ८ करोड १६ ला सञ्चिती गरेको छ । 

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा(वार्षिक), मूल्य आम्दानी अनुपात ७४ दशमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९९ रहेको छ ।