शीर्षकहरू

भेटायोले ल्यायो तिहारको लागि नयाँ अफर, ४५ सयमा झिलिमिली जडान गरिने

भेटायोले ल्यायो तिहारको लागि नयाँ अफर, ४५ सयमा झिलिमिली जडान गरिने

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । जस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने भएको हो । 

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत  विशेष छुटकोे   व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । 

त्यस्तै, तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजमा एयर कन्डिसनर खरिद गर्दा तीन हजार रुपैयाँसम्मको विशेष छुट पाउन सकिन्छ । थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिन्छ । साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पाउनेछन् ।