शीर्षकहरू

सहकारी सदस्यको रकम फिर्ता गर्न नसक्ने सञ्चालकको सञ्चारमाध्यमप्रति गुनासो

सहकारी सदस्यको रकम फिर्ता गर्न नसक्ने सञ्चालकको सञ्चारमाध्यमप्रति गुनासो

काठमाडांै । देउराली बहुउदेश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाँईले केही सञ्चार माध्यमले आफ्नो चरित्र हत्या गरेको अरोप लगाएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष चौलागाईसँग ललितपुरका प्रदेश सांसद तथा कांग्रेस नेता मीनकृष्ण मर्हजन, काँग्रेस केन्द्रीय सदस्य गणेश लामा र नेपाल प्रहरी हनुमान ढोका परिसरका एसपी तथा प्रवक्क्ता कुमुद ढुङगेलको नाम जोडेर आफूलाई बदनाम गर्न खोजेको उनले आरोप लगाएका हुन् ।

दुई वर्षदेखि आर्थिक समस्यामा परेको देउरालीले करिब ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोडको जग्गा गरी ७ अर्ब १५ करोड रुपैयाँ रकम फिर्ता गरिसकेको उनले दाबी गरेका छन्‌ ।