शीर्षकहरू

नेपाल इन्स्योरेन्स कम्पनीको ७६ औं वार्षिक उत्सव सम्पन्न, १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्स कम्पनीको ७६ औं वार्षिक उत्सव सम्पन्न, १७ कर्मचारी सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रमसहित कम्पनीको सभा सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७६ वर्ष भन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएको बताए । आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे । 

कम्पनीको ७६ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पर्याएको बताए । 

यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका ७ जना कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ  । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्रनाथ उप्रेतीले गरेका थिए ।