शीर्षकहरू

हिमालयन बैंकका ग्राहकलाई १६० स्थानमा छुट

हिमालयन बैंकका ग्राहकलाई १६० स्थानमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौं, पोखरा र चितवन लगायत देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुट व्यवस्था गरेको छ । 

ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टूराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरूमा बस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुट व्यवस्था गरेको बैंकले जनाएको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउनेछन् । 

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरूमा लागू भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभर २०० वटा थप व्यवसायमा विस्तार गरी आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।