शीर्षकहरू

शिव श्री हाइड्रोले हकप्रद निष्कासन गर्ने, पारित गर्न बोलायो साधारण सभा

शिव श्री हाइड्रोले हकप्रद निष्कासन गर्ने, पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, बसुन्धरा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभाले कम्पनीको ठेगाना परिवर्तन गर्ने विषय पनि सभाले पारित गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।