शीर्षकहरू

मुक्तिनाथ शेयरधनी बचत खातामा थपिए नयाँ सुविधा

मुक्तिनाथ शेयरधनी बचत खातामा थपिए नयाँ सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र शेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन यस्तो सम्झौता गरेको हो । 

यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्ने  ग्राहकहरुले पाउने भएका छन् । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नेछन् । 

नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ सेयरधनी बचत खाता” न्यूनतम मौजदात एक सय रुपैयाँमा खोल्न सकिने छ । त्यस्तै, निःशुल्क कनेक्ट आइपिएस रजिष्ट्रेशन, निःशुल्क मोबाइल बैकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो शेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाइने भएका छन् । 

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध  भएको छ । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविश्यमा थप गर्दै लैजाने योजना रहेको बैंकले जनाइएको छ ।