शीर्षकहरू

नाडा अटो शोमा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ

नाडा अटो शोमा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ

काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शोमा लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको पनि उल्लेख्य बुकिङ भएको कम्पनीले जनाएको छ । 

अटो शो २०२३ मा सार्वजनिक गरिएका टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेको वितरक सिप्रदी मोटर्सले दाबी गरेको हो ।

विशेषतः सुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको टाटाले जानकारी दिएको छ ।

टाटाको अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच मुख्य विशेषता छन्‌ । यो सवारीसाधन कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायी रहेको टाटा दाबी गर्छ । यो कारमा क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू छन् ।

नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभीजस्ता अत्याधुनिक जीपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक र ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् ।